पास्टर एसोसिएसन मनहरीको नेतृत्वमा मुक्तान चयन ।

बिहीबार, भाद्र २१ गते ।
मकवानपुर । मनहरी गाउँपालिकामा रहेको ईसाई धर्मावलम्बीहरुको चर्च पास्टरहरुको एसोसिएसनमा नागेन्द्र मुक्तान चयन भएका छन् । एकता चर्च रमन्टारका प्रमुख पास्टर समेत रहेका मुक्तान ३ बर्षका लागि एसोसिएसनको नेतृत्वमा चयन भएका हुन् ।
भदौ २० गते स्वतन्त्र मण्डली लामिटारमा भएको संयुक्त भेलाले मुक्तानलाई पास्टर एसोसिएसनको नेतृत्वको जिम्मेवारी तोकेको हो । साथै भेलाले मनहरी ईसाई समाजमा शान्ती थिङ र युवा सङ्गतीको नेतृत्वमा भने रुद्र मुक्तान रहने गरि जिम्मेवारी तोकिएको छ ।
मनहरी गाउँपालिका भित्र ईसाई समाजमा आवद्ध चर्चको संख्या ७४ वटा रहेको तर चर्चको संख्या भने ८५ वटा रहेको छ ।