तस्बिर : साझापत्र डटकम ।

बिहीबार, भदौ २१ गते गते ।

मकवानपुर । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै नेपाली कांग्रेसको युवा संगठन तरुण दलले बागमती प्रदेशको राजधानी हेटौंडामा मसाल जुलुससहित प्रदर्शन गरेको छ ।

तरुण दलले हेटौंडा–२ स्थित पार्टी कार्यालयबाट बुद्धचोकसम्म गृहमन्त्रीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले गृहमन्त्रीले राजीनामा दिनु पर्ने र नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष महेन्द्र यादव माथि भएको सांघातिक हमलाको निष्पक्ष छानविनसहित दोषीलाई हदैसम्मको कारबाही हुनु पर्ने माग गरेका छन् ।

नेपाल तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले दिन दाहाडै नेताहरुमाथिको आक्रमण निन्दनीय रहेको बताएका छन् । केन्द्रीय सदस्य भेटवालको नेतृत्वमा हेटौंडामा निकालिएको खबरदारी ¥यालीलाई सम्बोधन गर्दै भेटवालले राजनैतिक पुर्वग्रह राखी संगठनका पुर्व अध्यक्ष एवं काग्रेस सहमहामन्त्री महेन्द्र यादव माथिको आक्रमण सिंगो पार्टी र तरुण संगठन माथि भएकोले यसले गम्भिर प्रश्न उब्जाएको बताउनु भयो । 

उहाँले राजनैतिक प्रतिशोध साँचेर घुसपैठ रुपमा धारिलो हतियार प्रयोग गरी यादव माथि ज्यान मार्ने शैलीले गरेको आक्रमणलाई गृह मन्त्रालयले कुनै चासो र चिन्ता नलिएको भन्दै दोषीमाथि कडा भन्दा कडा कारबाही नगरे गृह मन्त्रीले राजिनामा दिनुपर्ने माग गर्नु भएको छ । राजधानी जस्तो ठाँउ त्यसमा पनि भिआईपी क्षेत्रमा एउटा व्यक्ती खुलेआम धारिलो हतियार लिएर मान्छे मार्ने शैलीमा उत्रिदा पनि शान्ति सुरक्षाको प्रत्याभुति दिने गृहमन्त्रालय कहाँ लुकेको छ,प्रहरी प्रशासन कता गएको छ भन्दै भेटवालले आक्रमणकारीलाई कानुनले कारबाही नगरे नेपाल तरुणदलले कारबाही गरेर देखाउने चुनौती दिएका छन् । 

पछिल्लो समय विभिन्न बहानामा काग्रेसका नेताहरुलाई छानिछानी आक्रमण गर्दै जेल चलान गर्न सरकार लागी परेको बताउँदै भेटवालले एमाले माओवादीका नेताहरुको विभिन्न काण्डहरुमा चौतर्फी नामहरु सार्वजनिक हुदाँ समेत पक्रन नसकेकोमा राजनैतिक पुर्वग्रह भएको बताउनु भयो । 

साथै बुद्धचोकमा पुगेर कोणसभा गर्दै सम्पन्न कार्यक्रममा तरुण दल मकवानपुर सचिव सचित थापा, नेविसंघका केन्द्रिय सदस्य मिलन पुडासैनी, उमेशलाल स्याङ्तान, मकवानपुरका तरुण नेताहरु विकेशलाल श्रेष्ठ, राजकुमार बास्तोला, कुमार पोखरेल लगाएतको सहभागीता रहेको थियो ।