शुक्रबार, भदौ २२ गते ।

मकवानपुर । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहारको विरोध गर्दै तरूण दलले प्रदर्शन गरेको छ । रत्नपार्कको शान्तिबाटिकामा आज दिउँसो तरूण दलले प्रदर्शन र विरोध र्‍याली निकालेको हो ।

विरोध सभामा तरूण दलका अध्यक्ष विद्वान गुरूङले यस घटनामा गृहमन्त्रीले राजीनामा गर्नु पर्ने बताएका छन् । सहमहामन्त्री यादवमाथि बुधबार दिउँसो भृकुटीमण्डपमा नुवाकोट घर भई बालाजु बस्दै आएका श्याम सापकोटाले खुकुरी प्रहार गरेका थिए । अहिले यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

साथै घटनाको विरोध गर्दै तरुण दलका अध्यक्ष गुरुङले सोही दिन गृहमन्त्रीले राजीनामा दिनु पर्ने बताउनु भएको थियो । कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकले पनि संसदमा गृहमन्त्रीले घटनाबारे प्रष्ट जवाफ दिनु पर्ने बताएका छन् ।