शुक्रबार भदौ १० गते ।

मकवानपुर । राक्सिराङ्ग गाउँपालिका २ भड्डी स्थित माईती घर कुखुरा लिन जान्छु भन्दै घरबाट निस्केकी  प्रिती माया स्याङ्तान परिवारको सम्पर्कमा नआएपछी उनका श्रीमानले ईलाका प्रहरी कार्यालय मनहरीमा खोज तलास गरि पाउ भन्दै भदौ २१ गते निबेदन दिएका छन ।

भदौ १२ गते बेपत्ता भनिएका प्रिति माया (शान्ती) ले ससुरालाई पास्पोर्ट बनाएर २/३ दिनमा घर आउछु भन्दै फोन गरेकी थिईन् । त्यसपछि भने उनले प्रयोग गर्दै आईरहेको नमस्ते र एनसेल दुबै नम्बरमा सम्पर्क गर्दा स्विच अफ गरिएको उनका श्रीमान कमान सिं स्याङ्बोले बताए ।

साथै स्याङ्बोका अनुसार ज्याला मजदुरी गरेर साँझ घरमा आईपुग्दा श्रीमती घरमा नहुदा कहाँ गएको भनेर खोजी गर्ने क्रममा कहिले कता कहिले कताको ठेगाना दिने र माईति घरमा फोन गर्दा पनि उनी माईतीमा नरहेको पुष्टि भएको थियो । यत्रो दिन बितिसक्दा पनि हराएको मान्छेको अत्तोपत्तो नभएपछी खोजतलास गर्न प्रहरी प्रशासनमा आउन बाध्य भएको उनका श्रीमानले बताए । दुई वटा छोरीको भबिष्यको लागि दिनरात ज्याला मजदुरी गर्दै हिड्ने स्याङ्बो आफ्ना श्रीमती खोजिदिन भन्दै प्रहरी प्रशासनमा पुगेका हुन् ।