राष्ट्रपति पौडेलसँग तरुण दल अध्यक्ष गुरुङको भेट ।

मंगलबार, भाद्र २६ गते ।
मकवानपुर । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । शितल निवासमा भएको भेटमा अध्यक्ष गुरुङले राष्ट्रपति पौडेलको पछिल्लो स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।
उक्त भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा समेत छलफल भएको थियो । साथै राष्ट्रपति पौडेलले तरुण दल अध्यक्ष गुरुङलाई समग्र युवाहरुको भावनालाई समेटी संगठनको कार्य अघि बढाउन सुझाव दिएका छन् ।
