“म र मेरो गाउँ”

कविता,
✍️ अशोक निर्दोष
“म र मेरो गाउँ”
बाल्यकालमा गाउँ छदा शहर आउन
निक्कै मन थियो आए
अहिले शहरमा छु
गाउँ जाने ठुलो इच्छा छ
तर गाको छैन
मैले गाउँको माया मारेर होईन
मन चाहिँ नलागेर हो ।।
नाथे यो मन त हो,
मेरो गाउँदेखि केही पर
शहरको एउटा कुनामा बस्छु
यो कुना बाट गाउँ सम्झिदा
अथाह माया लाग्छ ।।
त्यो गाउँको
बालापनको
साथीसंगीको
बाँस घारीको
दुङ्गु खोलाको
जुरभाङ्ग खोलाको
पेटारी बाख्रीको
सल्लोका हाँगाहरुको
चिलाउने र सिमलको रुखहरुको ।।
ऐसेलुका घारिहरुको
मकै र खोदो फल्ने
ती सुन्दर बारीहरुको
साना केटाकेटीहरुको
ती ७०/८० बर्ष उमेर
पार गरेका बुढा बुढि मान्छेहरुको
साझ परेपछी भुक्न थाल्ने
भुसिया कुकुरहरुको
मेरो घर अगाडी भएका
सुन्तलाका बोटहरुको
ती सबै सबैको
र सबै भन्दा अथाह माया
बा आमाले बनाउनु भएको
सानो खरको झुप्रो घरको ।
घरको छानो फेर्ने ठुलो धोको छ
फगत, म यो शहरमा छु
फुटेको भाग्य
र आफ्नो सुनौलो भबिस्य खोज्दै छु
संघर्ष गर्दै छु
आफन्त र दुश्मनहरुसंग
दिनदिनै शिर उठाएर
मज्जाले धित्
मरुन्जेल लड्दै छु
फगत, लड्दै छु
लड्दै छु ।।