आइतबार, भाद्र ३१ गते ।

मकवानपुर । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले काठमाडौं महानगर अन्तर वडास्तरीय फुटसल प्रतियोगिता २०८० को विजेता टोलीलाई पुरस्कार वितरण गरेका छन् । सर्वमान्य नेता स्व.गणेशमान सिंहको २६ औँ स्मृति दिवसको उपलक्ष्यमा नेपाल तरुण दलको काठमाडौं महानगरद्वारा महानगर अन्तर वडास्तरीय फुटसल प्रतियोगिता २०८० आयोजना गरेका थिए ।

काठमाडौं महानगरभित्रका ३२ वटा वडाका टिमहरू सहभागी थियो । काठमाडौं महानगरको वडा नं. ६ र वडा नं. १२ बीच फाइनल खेल भएको थियो । फाइनल खेलमा महानगरको वडा नं. ६ ले वडा नं. १२ लाई ४–० को अन्तरले हराएर विजेता बनेको थियो । अध्यक्ष गुरुङले विजेता र उप–विजेता टिमलाई ट्रफी र मेडल वितरण गरेका छन् ।

साथै उक्त कार्यक्रममा नेपाल तरुण दल काठमाडौंका जिल्ला सभापति कृष्णजी खड्काले खेलाडी र अन्य सहयोगीहरूलाई प्रमाण पत्र वितरण गरेका थिए ।
कार्यक्रममा प्रमुख नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष गुरुङका साथै केन्द्रीय सदस्यहरू अशोक झा, दिपेन्द्र पोख्रेल, केशर खड्का, अनुप प्रधान, माधव त्रिपाठी, प्रेम शाही लगायतका तरुण नेताहरूको उपस्थिति रहेको थियो ।