संविधान दिवसको अवसरमा तरुण दलका अध्यक्ष गुरुङद्वारा शुभकामना व्यक्त ।

बुधबार, आश्विन ०३ गते ।
मकवानपुर । संविधानले सबैको भावना सम्बोधन गरेको नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना दिँदै गुरुङले यस्तो बताएका हुन् ।
साथै अध्यक्ष गुरुङले सङ्घीयता, धर्म निरपेक्षता, समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लगायतका नयाँ व्यवस्था राखिएको यो संविधानले सबै जात ,धर्म ,लिङ्ग, वर्गको भावनालाई सम्बोधन गरेको बताए ।
गणतन्त्रको अझै पनि पूर्ण संस्थागत हुन नसकेको बेला चुनौतीहरू चिर्दै संविधानको मर्म अनुरूप राष्ट्रमा सुशासन कायम गर्नु सबैको जिम्मेवारी भएको समेत गुरुङले बताए ।