मंगलबार, असोज ०९ गते ।

मकवानपुर । मनहरी गाउँपालिका २ को खानेपानी आयोजना सम्पन्न भएको छ । मनहरी २ स्थीत दोभान टोलको खानेपानी आयोजना सम्पन्न भएको हो । दोभान खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निर्माण सम्पन्न गरी आज गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले उद्घाटन गरेका हुन् ।

सि आर एस नेपाल र सप्रोस नेपालको आर्थिक सहयोगमा सम्पन्न उक्त खानेपानी योजनाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रन्जन कालखेतीले सहयोगी संस्थाहरुलाई धन्यवाद दिए । साथै २ नं वडाका वडाअध्यक्ष राजकुमार पाख्रीनले आगामी दिनमा पनि यस्ता योजनाका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

१५ लाख ५९ हजार २ सय ५ रुपयाँ कुल लागत अनुमान गरीएको उक्त योजना सम्पन्न गर्न १२ लाख ९८ हजार ८ सय ९४ रुपयाँ लागेको उपभोक्ता समितिका अध्यक्ष बलिराज गोङ्बाले जानकारी दिए । यस परियोजनाबाट कुल १७ घर लाभान्वित हुने छन् ।

उक्त कार्यक्रममा वडा सदस्य सुकराम मोक्तान, सि आर एस नेपालका कृष्ण घिमिरे, सप्रोस नेपालका प्रवीण अर्याल, पुकार दाहाल, बैकुण्ठ पौडेल, प्रसान्त रिजाल, सुजन पाठक, राजेश थापा मगर लगायतको उपस्थिति रहेको थियो ।