बिहीबार, असोज ११ गते ।

मकवानपुर । नेकपा एमालेको बागमती प्रदेश कमिटीको उपाध्यक्ष पदमा दावादोर्जे लामाले उम्मेदवारी दर्ता गराएका छन् । लामाको प्रस्तावकमा कृष्णभक्त पोख्ररेल र समर्थकमा हिरा लामा रहेका छन् ।

लामाले बागमती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारीमा बसेर काम पनि गरिसकेका छन । उनले मन्त्री रहदा प्रदेशभरिका सबै नेता कार्यकर्ताहरू मात्र नभई जनमुखी उत्कृष्ट कार्यक्रम ल्याई लोकप्रिय नेताको रूपमा आफूलाई स्थापित गरेको लामा निकटका नेताहरु बताउँछन ।

लामा विगत ४५ वर्षदेखि सक्रिय राजनीतिमा छन् । नेकपा हुँदा बागमती प्रदेश कमिटी सचिवालय सदस्य समेत रहेका लामा चितवनको राप्ती नगरपालिकाका स्थायी बासिन्दा हुन् । साथै लामा लोकतान्त्तिक तामाङ संघका केन्द्रिय अध्यक्ष समेत हुन ।

एमाले बागमती प्रदेशमा ४७९ सदस्यीय प्रदेश संगठन कमिटी रहेका छन् । १३ वटा जिल्लाका जिल्ला अध्यक्षहरू पदेन सदस्य रहेका छन् । अधिवेशनले ५३ प्रतिशत भन्दा बढी आकार घटाउने छ । अबको अधिवेशनले २५५ सदस्यीय कमिटी निर्वाचित गर्ने जनाएको छ ।