शुक्रबार, असोज १९ गते ।

मकवानपुर । सरकारले बझाङ भूकम्प प्रभावितलाई तत्काल अस्थायी आवास निर्माण गर्न ५० हजार दिने घोषणा गरेको छ ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बझाङ पुगेर सो घोषणा गरेका हुन् ।

साथै भूकम्पमा परी निधन भएका परिवारलाई पनि २ लाख दिने प्रधानमन्त्री दाहालले घोषणा गरेका छन् ।

त्यस्तै भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बनाएर १५ देखि २० हजार रुपैयाँ तत्काल राहत खर्च दिने प्रधानमन्त्री दाहालले घोषणा गरेका छन् ।