आइतबार, असोज २१ गते ।

मकवानपुर । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले केन्द्रीय सदस्यहरूलाई सपथ गराएका छन् ।
आइतबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा अध्यक्ष गुरुङले केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयको सपथ गराएको हो ।

साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यक्ष गुरुङलाई सपथ गराएका थिए । सभापति देउवा भने स्वास्थ्यका कारण सपथ ग्रहण कार्यक्रममा सहभागी हुन सकेनन् । सपथ ग्रहणको कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री तथा तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादव, पूर्व अध्यक्षहरू उदयशम्शेर राणा, जितजंग बस्नेत, विनोद कायस्थ, पूर्व उपाध्यक्ष उत्तम चापागाइँ, पूर्वसचिव तथा लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जन्मजय तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।