मकवानपुर । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले इजरायलका विभिन्न स्थानमा विद्रोही समूह हमासले गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष गुरुङले विज्ञप्ति जारी गर्दै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली एवं घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना एवं शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

इजरायलको द्वन्द्वमा नेपाली विद्यार्थी बंकरमा फसेको, घाइते भएको र उद्धारको पर्खाइमा रहेको खबर प्राप्त भएको उल्लेख गर्दै गुरुङले यस दुःखद् परिस्थितिमा बेपत्ता भएका नेपालीको खोजी तथा उद्धार र घाइतेको उद्धार कार्यमा तीव्रता दिन नेपाल सरकार, दूतावास लगायतका विदेशी नियोगसँग अपिल गरेका छन् ।