मंगलबार, आश्विन २३ गते ।

मकवानपुर । मनहरी गाँउपालिका ७ प्याङचे निवासी ६० बर्षिय रामबहादुर प्रजा र उनका पत्नी ५५ वर्षिय सुकुमाया प्रजा दम्पतीलाई नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सचिवालय सदस्य बीर बहादुर घलान (ज्लाला) ले चामल, दाल, आलु लगाएतका खाद्य सामाग्री दम्पतीको निवासमै पुगेर सहयोग हस्तान्तरण गरेका छन् । विगत लामो समयदेखी प्यारलाइसिसबाट थला परेका प्रजा दम्पतीलाई माओवादी नेता ज्वालाले खाद्य सामाग्री सहयोग गरेका हुन् ।

रोगी दम्पतीको आर्थिक अवस्था कमजोरका कारण उनिहरुको उपचार समेत हुन सकेको छैन । काम गर्न सक्ने अवस्था नभएका कारण प्रजा दम्पतीको जिविकोपार्जनमा सहजताका लागि खाद्य सामाग्री सहयोग गरिएको ज्वालाले बताए । माओवादी दुखी गरिवको पार्टी भएकाले समस्या परेको बेला जो सुकैलाई पनि सहयोग हुने उनले बताए ।

साथै उक्त सहयोग हस्तान्तरण कार्यक्रममा नेता बीर बहादुर घलान (ज्वाला), माओवादी बागमती प्रदेश कमिटि सदस्य लक्ष्मी माझी, अनेमा संघ क्रान्तिकारी मनहरीका अध्यक्ष बिमला गलान लगायतका नेताहरु उपस्थित रहेको थियो ।