मकवानपुर : कैलाश गाउँपालिकामा आगोले जलेर एक जना गम्भीर घाइते ।

बुधबार, आश्विन २४ गते ।
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा आगोले जलेर एक जना घाइते भएका छन् । कैलाश गाउँपालिका १० भवङ बस्ने २३ बर्षीय हिक्मत भोलन घाइते भएका हुन् ।
मंगलबार विहान १० बजेको समयमा सामुहिक रुपमा भोलनको घरदेखि करिब एक सय मिटर उत्तरतर्फ बारीमा आगो बालेर तापी रहेको बेला एक किशोरले बलिरहेको आगोमा पेट्रोल खन्याउँदा दन्किएको आगो भोलनले लगाएको कपडामा सल्किदा कम्मर भन्दा मुनिको भाग पुरै जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
साथै घाइते भोलनको प्रारम्भिक उपचार हेटौंडा अस्पतालमा गरेर त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंस्थित किर्तिपुर अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।