मकवानपुर : मनहरीमा ४ जना पक्राउ

बुधबार, आश्विन २५ गते ।
मकवानपुर । मकवानपुर प्रहरीले एक सय ५० केजी लागुऔषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ ।
बुधबार मनहरी गाउँपालिका वडा नम्बर ७ रमौली स्थित खटिएको प्रहरी टोलिले गस्ति गर्दै जाने क्रममा लागुऔषध गाँजा लुकाई छिपाई बोरामा पैदल ल्याउदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा कैलाश गाउँपालिका वडा नम्बर ७ बस्ने वर्ष ३० को रामशरण चेपाङ, सोहि स्थान बस्ने वर्ष १९ को बिश्वराम चेपाङ, वर्ष ५६ को कमान सिं चेपाङ र वर्ष ३० को कृष्ण बहादुर प्रजा रहेको मकवानपुर प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनामाथि आवश्यक अनुसन्धान भइरहेको छ ।