बिहीबार, असोज २५ गते ।

मकवानपुर । इजरायलमा रहेका दुई सय ५३ जना नेपालीलाई लिएर नेपाल वायुसेवा निगमको जहाज नेपाल उडेको छ ।

इजरायलस्थित तेल अभिभ विमानस्थलबाट उडेको जहाज आजै राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । परराष्ट्र मन्त्री एनपी साउद नेपाली विद्यार्थी लिन इजरायल पुगेका थिए ।

मन्त्री साउदको सचिवालयले दिएको जानकारी अनुसार दुई सय ५३ जना नेपाली नागरिकलाई लिएर नेपाल वायु सेवा निगमको जहाज नेपाल उडेको हो ।