घेदुङ्ग राक्सिराङ्ग अध्यक्षमा मोक्तान चयन ।

शुक्रबार, आश्विन २६ गते ।
मकवानपुर । नेपाल तामाङ घेदुङ्ग राक्सिराङ्ग गाउँपालिका अध्यक्षमा हस्तबहादुर मोक्तान सर्वसम्मत चयन भएका छन् । बिहिबार गाउँपालिकाको दोस्रो अधिबेशनले मोक्तान नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा रामकुमार बाल्पा थिङ, महिला उपाध्यक्षमा बेलीमाया मुक्तान, सचिवमा मेम्बर सिं लामा, सह-सचिवमा ज्ञानेन्द्र थोकर, कोषाध्यक्षमा शरण दोङ चयन भएका छन । साथै सदस्यहरुमा विष्णु लो, बुद्धराम मुक्तान, उत्तम वाईबा, देवनाथ पाख्रिन, कोपिला गोले, कमल मुक्तान, गणेश श्री मुक्तान, साजन पाख्रिन, दिलबहादुर वाईबा, साजन मुक्तान र चन्द्र ब्लोन रहेका छन् ।
नेपाल तामाङ घेदुङ्ग बागमती प्रदेश अध्यक्ष लिलाकुमार घलानको प्रमुख आतिथ्यता तथा नेपाल तामाङ घेदुङ राक्सिराङ्ग अध्यक्ष काजिराम मोक्तानको सभाध्यक्षातामा भएको थियो । उक्त कार्यक्रममा जिल्ला घेदुङ अध्यक्ष कालु घलान, उपाध्यक्ष आत्माराम मोक्तान, सचिव किरणमान बल, सहसचिव नवराज मोक्तान, सदस्य इन्द्र मोक्तान, राक्सिराङ्ग गाउँपालिका २ का वडा अध्यक्ष बुद्धराम मोक्तान, र ९ का वडा अध्यक्ष रामकुमार बाल्पा थिङ्ग लगायतको उपस्थिति रहेको थियो ।