शनिबार, असोज २७ गते ।

मकवानपुर । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले ७१औँ स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाउन मातहतलाई निर्देशन दिएका छन् ।
अध्यक्ष गुरुङले सबै जिल्ला कार्यसमितिहरूलाई परिपत्र गरेर कात्तिक १० गते नेपाल तरुण दलको स्थापना दिवस विशेष कार्यक्रम गरेर मनाउन आग्रह गरेका हुन् ।

साथै अध्यक्ष गुरुङले स्थापना दिवस विविध रचनात्मक एवम् सृजनात्मक कार्यक्रमहरू गरी हर्षउल्लासका साथ मनाउन परिपत्र गरिएको जनाएको छ ।