शुक्रबार, कार्तिक ३ गते ।

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा जारी प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी जनजागरण युवा क्लब मनहरी ४ ले उचालेको छ ।
नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर मोर्डन यूर्थ क्लब मकरीले आयोजना गरेको भलिबल प्रतियोगिमा जनजागरण युवा क्लब मनहरीले जीत हात पारेको हो ।

बाल जिवन ज्योति मावि मकरीको प्राङ्गणमा आज भएको फाइन खेलनमा जनजागरण युवा क्लब मनहरीले सूर्यदय युवा क्लब मनहरीलाई ३ सेटले पराजीत गर्दै ताज आफ्नो पोल्टामा पारेको हो । आजै बिहान भएको पहिलो सेमिफाइनल खेलमा जनजागरणले मनहरी ९ लाई हराउदै फाइनलमा प्रवेश गरेको थियो भने सूर्यदय युवा क्लब मनहरीले मोर्डन युर्थ क्लब मकरीलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।

बिजय हासिल गर्ने समुहले २५ हजार नगदसहित ट्रफी र मेडल प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता सूर्यदयले १० हजार नगदसहित ट्रफी र मेडल प्रमाणपत्र प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष बिशाल उप्रेतीले बताए । खेलमा विधागत तर्फ उत्कृष्ट हुने ५ खेलाडीलाई समेत सम्मान गरिएको छ ।

क्लबका कोषाध्यक्ष श्यामप्रसाद न्यौपानेको अध्यक्षतामा भएको फाइनल खेलमा मनहरी गाउँपालिका कार्यवाहक अध्यक्ष शिवप्रसाद खनालको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट अथिति जिल्ला भलीबल संघ मकवानपुरका अध्यक्ष बशन्त सिटौला, नेपाली काँग्रेसका नेता शंकर न्यौपाने तथा अतिथिहरुमा राजू घले, राष्ट्रीय स्वतन्त्र पार्टीका हेटौंडा उपमहानगरपालिका सभापति धु्रर्व विष्ट, राप्रपा जिल्ला सदस्य गणेश बर्तौला, नेपाली काँग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, रास्वपा मनहरी गाउँपालिका सचिव सचिब सागर जिम्बा लगायतको उपस्थिति रहेको थियो ।