मनहरी : वडा अध्यक्ष अधिकारीद्वारा क्षयरोगीलाई खाद्यान्न सहयोग

सोमबार, कार्तिक ०६ गते ।
मकवानपुर । मनहरी गाउँपालिका ५ ले चाडपर्वमा गरिने खर्च कटाएर वडाका क्षयरोगीलाई दसैंमा खाद्यान्न सामाग्री सहयोग गरेको छ । चाडपर्वको शुभकामना आदानप्रदान गर्न गरिने खर्च कटाएर वडामा रहेका क्षयरोगीलाई खाद्यान्न सहयोग गरिएको हो ।
क्षयरोगी वीरवहादुर वाइबालाई उहाँकै घरमा पुगेर दसैं मनाउनका लागि वडा कार्यालयको तर्फबाट खाद्यान्न सहयोग गरिएको हो । आर्थिक अवस्था अत्यन्तै नाजुक रहेका वाइवाको दुई सन्तान रहेका छन भने उनको श्रीमति गर्भवती साथै रोगको उच्च जोखिममा समेत रहेको वडा अध्यक्ष दीपेन्द्र अधिकारीले बताए ।

‘हामीले निरन्तरतामा क्रमभंग गरेका छौं, चाडपर्वमा शुभकामना आदानप्रदानको क्रममा चियापान र खाजा खाने रकम वडाका बिरामी तथा गरिवलाई सहयोग गरेका हौं’, मनहरी गाउँपालिका ५ का वडा अध्यक्ष अधिकारीले भने । ‘हाम्रो सहयोगले उहाँलाई दसैं मान्न केही राहत महसुस हुनेछ, आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रण गर्दछु,’ वडा अध्यक्ष अधिकारीले भने । साथै क्षयरोगी वाइवालाई नजिकैको स्वास्थ्थ संस्थाबाट नियमित औषधि खाने व्यवस्था समेत वडा कार्यालयले मिलाएको छ ।
#pardeshonline #News