साङ्केतिक तस्वीर ।

बिहीबार, कार्तिक ९ गते ।

मकवानपुर । राक्सिराङ्ग गाउँपालिकामा एक महिला माथि चिरपट प्रहार भएको छ । राक्सिराङ्ग गाउँपालिका ३ सानो देवकोट बस्ने राजकुमार गोलेको श्रीमती ३६ बर्षीय देबिमायाँ थोकरमाथि चिरपट प्रहार भएको हो ।

चिरपटले लागेर देबिमायाँ घाइते भएको जनाइएको छ ।सोमवार साँझ देबिमायाँको श्रीमान राजकुमार र आलखोप बस्ने ३० बर्षीय सागर योन्जनबीच बिवाद भएको थियो । बिवाद छुट्याउन पुगेकी देवीमायाँलाई सागरले टाउकोमा दाउराको चिरपट प्रहार गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

चिरपटले लागेर घाइते उनको मनहरीमा उपचारपछि थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ । चिरपट प्रहार गर्ने सागर भने फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।