हेल्थपोष्टको झ्याल फुटाएर कण्डम चोरी

शुक्रबार, कार्तिक १० गते ।
मकवानपुर । बझाङमा हेल्थपोष्टको झ्याल फुटाएर कण्डम चोरी गरिएको छ । बझाङको एक आधारभूत स्वास्थ्य केन्द्रमा चोरी भएको हो ।
बुधबार राति सुर्मा गाउँपालिका ३ धनीधारामा रहेको हेल्थ पोष्टमा तोडफोड गरेर चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथै हेल्थपोष्टको झ्याल फुटाएर कम्प्युटर तथा औषधीमा क्षति पुगेको छ भने तीन बट्टा कण्डम पनि चोरी भएको बताइएको छ । तोडफोड गर्ने अज्ञात व्यक्तिको खोजी भइरहेको बझाङ प्रहरीले जनाएको छ ।