शुक्रबार, कार्तिक १० गते ।

मकवानपुर । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलले विभिन्‍न कार्यक्रम गरी आज ७१औं स्थापना दिवस मनाइरहेको छ । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्थापना दिवसको शुभकामना दिएका छन् । 

अध्यक्ष गुरुङले विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्शबाट दिक्षित लोकतन्त्रवादी नेपाली तरुणहरुको गौरवशाली संस्था नेपाल तरुण दल आज आफ्नो स्थापनाको ७० वर्ष पूरा गरी ७१ वर्षमा प्रवेश गरेको छ ।’

लोकतन्त्रको उर्वर जगमा समतामूलक समाजको स्थापनाका लागि नेपाल तरुण दल अघि बढिरहेको पनि अध्यक्ष गुरुङले बताएका छन् । गुरुङले थप भनेका छन्, ‘प्रजातान्त्रिक समाजवादको बाटोबाट नेपाली समाजलाई सम्पन्न बनाउन मूल उदेश्यका साथ महामानव विपी कोइरालाद्वारा २०१० साल कार्तिक १० गते स्थापना गरिएको नेपाल तरुण दल इतिहासको विभिन्न कालखण्डहरु पार गर्दै आज ७१औँ स्थापना दिवस मनाउँदै गर्दा दलका लाखौँ सदस्य तरुणहरु हर्ष उल्लासका साथ लोकतन्त्रको उर्वर जगमा समतामूलक समाजको स्थापनाका लागि हातेमालो गर्दै अगाडि बढिरहेको परिप्रेक्षमा सबै तरुण साथीहरुलाई केन्द्रीय समिति हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछ ।’

नेपाली काँग्रेसले देखाएको बाटोबाट आफुलाई कृयाशील गराउन र लोकतन्त्रको स्थायित्व र स्थिर सरकार निर्माण गरी राष्ट्रियताको जगेर्ना र समृद्ध राष्ट्र निर्माणका लागि योगदान पुर्‍याउन नेपाल तरुण दलले आह्वान गरेको छ । 
नेपाल तरुण दलद्वारा जारी विज्ञप्ति यस्तो छ:-