शनिबार, कार्तिक ११ गते ।

मकवानपुर । नेपाल तरुण दल मकवानपुरले स्थापना दिवसको अवसरमा हेटौंडा १४, मयुरथधापस्थित अनाथ, अपाङ्ग बाल पुनर्स्थापना केन्द्रमै पुगेर दाल, चामल, नुन, तेल, प्याज तथा आलु लगायतका खाद्यान्न वितरण गरेको छ । तरुण दलको ७१औं स्थापना दिवसको अबसरमा खाद्य सामग्री बितरण गरिएको हो ।

नेपाल कांग्रेस मकवानपुरका पार्टी सभापति बुद्ध लामा, कांग्रेस मकवानपुर पूर्वसभापति रघुरमण न्यौपाने, सचिव ईश्वर पाठक, महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने, तरुण दलका केन्द्रिय सदस्य गोपि दाहाल, नेपाल तरुण दलका जिल्ला अध्यक्ष लिलाराज सापकोटा (सन्तोष) ले संस्थाका अध्यक्ष रामहरि कोइरालालाई संयुक्तरुपमा खाद्यान्न हस्तान्तरण गरेका हुन् ।

युवाहरु पनि सामाजिक कार्यमा अग्रसर हुनु पर्ने सन्देश दिन परोपकारी अभियान गरेर स्थापना दिवस मनाएको नेपाल तरुण दल मकवानपुरका अध्यक्ष लिलाराज सापकोटा (सन्तोष) ले जानकारी दिए । ‘हामीले स्थापना दिवसलाई रचनात्मक तवरबाट मनाउने क्रममा खाद्यान्न वितरण गरेका हौं ।’, उनले यसै संस्थालाई वर्षेनी यसैगरी सहयोग गर्ने गरेको पनि जानकारी दिए ।