आइतबार, कात्तिक १९ गते ।

मकवानपुर । जाजरकोट केन्द्र भई गएको भूकम्पबाट घाइते भएकाहरूको उपचारमा सहयोग पुर्‍याउन नेपाल तरूण दलले रक्तदान कार्यक्रम गर्ने भएको छ ।
तरूण दलले सोमबार ११ बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा रक्तदान कार्यक्रम गर्ने तय भएको केन्द्रीय सदस्य दीपेन्द्र पोख्रेलले बताए ।

साथै तरूण दलले भूकम्पपीडितका लागि सहयोग गर्न आन्तरिक रूपमा आर्थिक सहयोग अभियान पनि सुरू गरेका छन् । उक्त अभियान अन्तर्गत अध्यक्ष विद्वान गुरूङले १० हजार र तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष सञ्जय लामाले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । आर्थिक सहयोग संकलन जारी नै रहेको तरूण दलले जनाएको छ ।