सोमबार, कात्तिक २० गते ।

मकवानपुर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले भूकम्पमा परी घाईते भएकाहरुको उपचारमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । तरुण दलले आज (सोमबार) भृकुटीमण्डपमा रक्तदान कार्यक्रम गरेको हो ।

गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी एक सय ५३ जनाको मृत्यु भएको छ भने दुई सय ५० जना भन्दा धेरै घाईते भएका छन् । साथै रक्तदान कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङ लगायतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।