बिहीबार, कार्तिक २३ गते ।

मकवानपुर । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङलाई राष्ट्रपति रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलले भूकम्प प्रभावितका लागि एक लाख रुपियाँ सहयोग गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार बिहान अध्यक्ष गुरुङलाई पौडेलले चेक दिएका हुन् । नेपाल तरुण दलले जाजरकोट केन्द्र विन्दु भएर गएको भूकम्पका प्रभावित जनताका लागि सहयोग गर्न स्थापना गरेको राहत कोषमा पौडेलले आर्थिक सहयोग गरेका हुन् । साथै पौडेलले व्यक्तिगत रुपमा उक्त रकम सहयोग गरेको जनाएको छ ।