शिर्षक:- म सक्दिन

तिमीले चित्त बुझाउन सक्छौ हाेला
सायद, जे भए पनि
जे गरे पनि
जाे सगँ पनि
अहँ म सक्दिन,
सक्दै सक्दिन किनकी
ज्यादती सहेर
अपराधीलाई मुसुक्क हासेर माफ गर्न,
चित्त नबुझ्दा, मन दुख्दा, पनि
अबाेध बालकलाई झै माफी दिन
अहँ सहन सक्दिन
म त आवाज उठाउछु
तिमी मलाई संकार देखाएर चुप लगाउन सक्छाै,
नैतिकता बताएर,
समाज, नाता, सम्बन्ध केलाएर
अनेकौं बहानामा,
आफु भित्रकाे चिच्याहट,
आफैसगँकाे छट्पटाहट
अन्तरआत्माकाे आहाट
तिमी अनेकौं बहानामा आफुलाई
बिषाल ढुङ्गाले थिचिरहेछाै हर बज्रहरुमा
सायद,
तिमी आफुभित्र आफै जल्न सक्छाै हाेला,
तिमीलाई मृत्युु प्याराे छ,
आवाज उढाउन भन्दा,
किनकि डर छ इज्जतकाे घरकाे समाजकाे,
जुन समाजले तिमीलाई अपराधी करार गर्छ
उल्टै तिमीलाई बदनाम गर्छ
कानुन भएर नि तिमीलाई नै धम्काउछ
त्यसैले तिमी सहन्छाै सायद हरेक हिंसाहरु,
हरेक घाउहरु, हरेक पल पलमा आत्महत्याका
प्रयासहरु,
अहँ म सक्दिन
सक्दै सक्दिन,
म बिद्राेह गर्छु, हिंसा बिरुद्ध
म पनि हिंसा गर्दिन,
हिंसा सहन्न,
र हिंसा हुन दिन्न
आवाज उठाउछु
आउ तिमी पनि उठ जाग लाग
पल पल मर्नु भन्दा,
हरेक दिन जल्नु भन्दा,
आवाज उठाउ हिसां बिरुद्ध
ताकि भाेलीदेख काेही मर्न नपराे
जल्न नपराेस् । ।
रचनाकार-: अर्पणा खड्का ।