साङ्केतिक तस्बिर ।

बुधबार, मङ्सिर १३ गते ।

मकवानपुर । राजनीतिक रंग दिएर राक्सिराङ्ग गाउँपालिका ८ मा भएको बलात्कार जस्तो जघन्य अपराधलाई मिलाउन खोजिएको भन्दै केहि समय अघि सामाजिक सञ्जालहरुमा निक्कै भाईरल भनेको थियो । उक्त घटनालाई मिलाउन पनि खोजियो । तर, त्यो घटना त्यतिकै मिलेनन ? अन्ततः प्रहरीले त्यो घटनालाई दर्ता गराएको छ ।

खास त्यो घटनाको वास्तविकता के थियो ?
राक्सिराङ्ग ८ का एक किशोरीलाई उनकै ५५ बर्षीया ससुुरा पर्ने सुरेन्द्रले ब्ल्याकमेलिङ गर्दै शारीरिक सम्बन्ध राख्न बाध्य बनाएको घटना सार्बजनिक भएको थियो । २०८०/०२/०७ गते उक्त घटना भएको भनिएको छ । त्यो दिन सुरेन्द्रले बुहारी पर्ने ती किशोरीलाई गोठमा बोलाएर ब्ल्याकमेलिङ गर्दै शारीरिक सम्बन्ध राखेका थिए ।

साथै ससुरा पर्ने सुरेन्द्रले मलाई दिने भए देउ नदिने भए म तिम्रो सबै कुराहरु सबैलाई भन्दिन्छु भनेर डर देखाउदै शारीरिक सम्बन्ध राख्न बाध्य बनाएका थिए । ती किशोरको १ बर्षको छोरा पनि छन् भने उनको श्रीमान ज्याला मजदुरि गर्न गाउँ बाहिर रहेको छ । फेरि घटना यतिकैमा सेलाउदैन । ससुरा पर्नेसँग शारीरिक सम्बन्ध राख्न बाध्य बनेकी २२ बर्षकी ती किशोरीलाई २०८०/०३/२३ गते राति अर्काे आपत आइपर्छ । रातिको समममा फेरि जेठाजु पर्ने सुजन प्रजाले बिस्तारै बिस्तारै उनीमाथी कुनजर लगाउछ ।
र कथाले उहीँ पुरानै घटना दोहोर्‍याउछ । ब्ल्याकमेलिङ शैलीमै उनले पनि किशोरीसँग शारीरिक सम्बन्ध राख्छन ।
अन्ततः उक्त घटना एक कान, दुई कान मैदान हुँदै भाइरल बन्यो । त्यसपछि न्यायका लागी किशोरीले प्रहरीमा उजुरी दिए । इलाका प्रहरी कार्यालय मनहरीमा कात्तिक २५ गते मुद्दा दर्ता भएको छ । यद्यपि अभियुक्त सुरेन्द्र र सुजन भने अझै पक्राउ परेका छैनन् । साथै इलाका प्रहरी कार्यालय मनहरीले भने खोजी कार्य जारी रहेको जनाएको छ ।