बिहीबार, मङ्सिर २१ गते ।

मकवानपुर । जन्मदिनको अवसर पारेर आर्थिक रुपमा कम्जोर रहेका चेपाङ बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ । आफ्नो जन्मदिनको अवसरमा अभिषेक घिसिङले विगतमा पनि आर्थिक, सामाजिक रूपमा पछाडि परेका बालबालिकालाई विभिन्न सामाग्री वितरण गर्दै आएका थिए ।

रोराङ गाउँपालिका २ धादिङको घैराङ आधारभुत विद्यालयका ९२ जना आर्थिक अवस्था कम्जोर  भएका चेपाङ परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । 

चिसोको समयमा आर्थिक अभावका कारणले बालबालिकाले ज्यान गुमाएको विद्यालय छोडनु परेको तितो अनुभव सँगालेका घिसिङले हरेक वर्षको आफ्नो जन्मदिनको अवसर पारेर गरिब दिन दुखिका बालबालिकालाई सहयोग गर्दै आइरहेका छन् ।

सामाजिक अभियन्ता एंब युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य, नेकपा ( एकीकृत समाजवादी ) का महिला नेत्री रेखा तामाङ लोप्चनको विशेष पहल र अहिले अमेरिका बस्दै आएका अभिषेक घिसिङको आर्थिक सहयोगमा उक्त न्यानो लुगा बितरण गरिएको हो । रोराङ गाउँपालिका २ मा रहेको घैराङ आधारभुत विद्यालयमा पढिरहेका चेपाङ बालबालिकाको आर्थिक  अवस्थाको बारेमा चन्द्रमान थिङ तामाङले जानकारी गराएपछि सहयोग गर्न उत्प्रेरित भएको लोप्चनले बताए ।

एस एस सिलाई केन्द्र काठमाडौं देखि घैरानसम्म गाडी व्यवस्थापन गरि बेनिघाट रोराङ गाउँपालिका उपप्रमुख टापबहादुर श्रेष्ठले गरेका थिए । साथै उक्त न्यानो लुगा वितरण कार्यक्रममा घैराङ आधारभूत विद्यालयका प्रधानाध्यापक हरि भुजेल, स्थानीय स्तरका युवा सघ इन्चार्ज राजु लामा घिसिङ, युवा सघ सचिवालय सदस्य प्रकाश श्रेष्ठ, नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य कोपिला काफले, युवा नेता सन्दीप बस्नेत र निरु थिङ लगायतको उपस्थिति थियो ।

न्यानो लुगा वितरण कार्यक्रमका फोटो फिचर:-