शुक्रबार, मंसिर २२ गते ।

मकवानपुर । नेपाल तरुण दललाई नेपाल निर्माण व्यवसायी महासंघले भूकम्प प्रभावित जिल्लामा घर/टहरा निर्माणका लागि आवश्यक पर्ने औजारहरू उपलब्ध गराएका छन् । शुक्रबार काठमाडौंमा तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई महासंघका अध्यक्ष रवि सिंहले उक्त औजारहरू हस्तान्तरण गरेका हुन् ।

घर/टहराहरू निर्माण गर्न जाने तरुणहरूका लागि आवश्यक पर्ने फलामको कराई, कोदालो र बिड, खन्ती, जावल, पिक वीड, करौती ठूलो, काँटी हम्बर, सावेल हेड मेटल हेन्डल, पिक, सेफ्टी हेलमेट नापे फिट लाईट, सेफ्टी ज्याकेट र गल लगायतका औजार तरुण दललाई महासंघले हस्तान्तरण गरेको हो । तरुण दल अध्यक्ष गुरुङले निर्माण व्यवसायी महासंघ र अध्यक्ष सिंहद्वारा तरुणहरूको अभियानमा साथ र सहयोग गरिएकोमा धन्यावाद दिएका छन् ।

साथै महासंघले आफ्नो १६औँ स्थापना दिवस २०८० को उपलक्ष्यमा काठमाडौंमा शुक्रबार बिहान बृहत् रक्तदान कार्यक्रमको आयोजना पनि गरेको छ । त्यस्तै तरुण दलका अध्यक्ष गुरुङलाई भूकम्प प्रभावित जनताको सहयोगका लागि महासंघका अध्यक्ष सिंहले व्यक्तिगत तर्फबाट नगद एक लाख रुपियाँ दिने घोषणा समेत गरेका छन् ।