शुक्रबार, मङ्सिर २२ गते ।

मकवानपुर । मलेसियामा अलपत्र १० जना नेपालीको उद्वारको कार्य सफलता पुर्वक सम्पन्न भएको छ । कामको सिलसिलामा मलेसिया पुगेका श्रमिक ४ महिनासम्म पनि मलेसियान कम्पनीले केही काम नदि अलपत्र बनाई राखेको थियो । सामाजिक अभियान्ता जेरि ताम्राकारसग उनिहरु गुहार माग्दै सम्पर्कमा आएपछि ताम्राकारले उनिहरुलाई सहयोग गरेका हुन् ।

अभियान्ता ताम्राकारको पहलमा मलेसिया उद्धार केन्द्रले पहल सुरु गरेको थियो । ताम्राकारले विभिन्न माध्यममार्फत समन्वय गरेर उनिहरुलाई पुनः काममा लगाउन सफल भएका हुन् । पहिलो चरणमा २ जना, दोस्रो चरणमा ४ जना र तेस्रो चरणमा ४ जना गरि सबै अलपत्र परेका पीडितहरुलाई काममा लगाएर व्यबस्थापन गरेका हुन् । साथै अभियान्ता ताम्राकारले आफ्नो अभियानमा साथ सहयोग गर्नु हुने खेम खत्री, नगरकोट बहानी, खेम बुढाथोकी क्षेत्री, रमेश पोख्रेल, मुकुन्द खतिवडा लगायत सबैलाई धन्यवाद व्यक्त गरेका छन् । त्यस्तै ताम्राकारले विभिन्न देशहरुमा रहेको पीडितहरुको उद्धार गर्दै आईरहेका छन् ।