साङ्केतिक तस्वीर ।

शुक्रबार, मंसिर २२ गते ।

मकवानपुर । मनहरी गाउँपालिकामा विगत केही दिनदेखि जंगली हात्ती गाउँमा प्रवेश गरि दु:ख दिईदै आईरहेका छन् । मनहरी गाउँपालिका ६ र ७ (रमौली र प्रतापुर) मा दैनिक जसो रातको समयमा हात्ती आई दु:ख दिईदै आईरहेको हो ।

यमगज नामको हात्तीले गाउँमा प्रवेश गरि स्थानीयलाई दु:ख दिदै छन् । मनहरी ७ का स्थानिय बासिन्दा श्याम बहादुर राईको बारिमा रहेको केरा खान आएको बताईन्छ । बाली नास गरेर किसानलाई दु:ख दिने मात्र नभई रातीमा मात्रै आउने हात्ती केही समयदेखी साझामै गाउँ प्रवेश गरि हात्तीले त्रास सिर्जना गरिरहेको छ । आधा रातमा प्रवेश गर्ने हात्ती हिजोआज साँझमै गाउँमा प्रवेश गरेर किसानहरुलाई दु:ख दिईरहेको हो ।

आज (शुक्रबार) साँझ ७ बजे नै रमौली गाउँमा प्रवेश गरि तमासा मच्चाईरहेको छ । किसानको घरमा राखिएको मकै झिकेर खाईदिने देखि लिएर बारीमा लगाएको बोडि, सिमि लगाएत अन्य बाली कुल्चिएर नष्ट पारिरहेको छ ।
साथै साँझ पख बस्तिमा प्रवेश गरेको हात्तीलाई स्थानिय जनता र ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले धपाईएको स्थानिय बिजय बस्नेतले बताए ।