शनिबार, मंसिर २३ गते ।

मकवानपुर । नेपाल तरुण दलले केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरुको संयुक्त बैठक बोलाएको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले मंसिर २७ गते केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको संयुक्त बैठक बोलाएको हो ।

भूकम्पद्वारा क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिममा अस्थाई आवास निर्माणका विषयमा छलफल गर्न औपचारिक बैठक डाकिएको मुख्य सचिव थानप्रसाद पोख्रेलले बताए । मुख्य सचिव पोखरेलका अनुसार तरुण दलको बैठक यही मंसिर २७ गते बुधबार दिनको ११ बजे भक्तपुर पाटी प्यालेस ब्यासीमा हुनेछ । साथै
नेपाल तरुण दलले भूकम्पद्वारा क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिममा ३ सय घर/ टहरा निर्माण गर्ने अध्यक्ष विद्वान गुरुङले घोषणा गरेका छन ।