शिर्षक: मेराे एउटा प्रश्न छ ?

मेराे एउटा प्रश्न छ
धर्तीमा आउदा लक्ष्मी भनेर पुजिएकी छाेरी,
लिङ्गमा स्त्री भएर जन्मिइन
खासै खुसी नभए नी, बा- आमाकाे छाेरी कहलिन्
गाउँछिमेकमा फलानाे (बाआमाकाे नाम ) छाेरी बनेर चिनिईन्,
त्यसपछि क्रमश :,
स्कुलमा बालीका
हाई स्कुलमा छात्रा
नागरिकतामा महिला
भुमिकामा स्वास्नी मान्छे
हजुरबुबा आमाबुबाकाे नातिनी, पनातीनि
दाजुभाईकी दिदिबहिनी
बडाबा काकाकाे भतिजी
मामाकाे भान्जी
प्रेमीकाे प्रेमीका
बिहे भएपछी,
सासुससुराकी बुहारी ,
लाेग्नेकाे स्वास्नी,
नन्द र देवरकी भाउजु ,
छाेराछाेरीकी आमा,
भान्जा भन्जीकी माईजु
भतिजा भतिजीकी काकी, बढिआमा
नातिनातिनीकी हजुरआमा
पनाती पनातिनीकाे जिजुआमा
तर पनि,
किन समाजमा न्याएमा अन्याय हुन्छ ?
किन पदमा जैले काेटा राेज्नुपर्छ ?
निर्णयमा ताली मात्रै किन पिट्नु पर्छ ?
सहमति गर्दा मुकदर्शक किन बन्नुपर्छ ?
लगानीमा छाेरा सम्मान छाेरीले पाउन कैलेसम्म
कुर्नुपर्छ ?
समाजकाे कसाैटीमा लक्ष्मी अलक्षिना हुँदा,
बुहारीले दाइजाे नल्याउदा,
महिलाले दिन दिनै पिडा सहदा
मर्नु पर्दा, जल्नुपर्दा,
बलात्कृत हुदा, उजाडिदा अपमानित हुदा यत्तिका सम्बन्धले रक्षा गर्न नसकेर किन टुलुटुलु हेरिरहन्छ ?
उल्टै महिलाले अल्क्षिना, कुलङ्गार हुनुपर्छ ?
परिस्थितिले कैले भालु कैले बेश्या बन्नुपर्छ ?
घृणित हुँदा, शाेसित हुँदा किन
हजुरबुवा, बुवा, दाजुभाई, काकाबडाबा, मामा प्रेमी  ससुरा श्रिमान, देवर छाेरा, भतिजा भान्जा नाती आदि आदिले न्याय दिन सकेनन्,
सारा हुदा नि हाडनाताबाटै महिला सुरक्षित हुदैनन् कैले सम्म हँ ?
आखिर कैले समाजकाे नजरमा दाेस्राे दर्जाको मान्छे चुनिनुपर्छ ?
नारीले जिउदैँ मर्नुपर्छ ?
मान्छे बन्न कैले पाउने ?
समान हामी हुन कैले पाउने ?
कानुन, न्याय र अधिकार छ भन्दैमा
ब्यबहारमा हटाई मुखाैटाे पुरुसत्वको,
महिलालेे सम्मानपुर्वक बाच्न कैले पाउने ?

✍️ अर्पणा खड्का
नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि क्षेत्र न: २ सिन्धुली