मुक्तक (१)
दिन अँध्यारो छ अनि रात अँध्यारो छ,
महसुस गरेकै थिए तिम्रो साथ अँध्यारो छ ।
र पनि आफू आफू रहिन तिम्री भैरहे,
अहिले मेरो जिन्दगीको प्रभात अँध्यारो छ ।।

मुक्तक (२)
भित्र काला बाहिर बाहिर सेता देखेर,
आत्तिन्छ मन नेपाल उता यता देखेर ।
म नेपाली हुनुमा मलाई सधै गर्व लाग्छ,
लाज लाग्छ त केवल नेपालका नेता देखेर ।।

✍️ रमिता चन्द रितु