प्रश्न बने पछि आफैं उत्तरमा त्यसपछि,
जिन्दगी खोज्न थाले बगरमा त्यसपछि ।

अचेल सपनामा थोरै लगाव रहन थाल्यो,
जब तिमी पर्न थाल्यौं रहरमा त्यसपछि ।

सजिलै आएर छुटेको तिम्रो सपना न हो,
कयौं ठेस सामना गरे सफरमा त्यसपछि ।

तिम्रो निष्कर्ष यो जिन्दगीमा नरहने आयो,
मैले अरु राख्न चाहीन नजरमा त्यसपछि ।

जब फूलको दिल बनाएर उ आफै टुट्यो,
पत्थरको भरोसा रहेन पत्थरमा त्यसपछि ।।

✍️ डन्डी अल्पविराम