शुक्रबार, मङ्सिर २९ गते ।

मकवानपुर । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले सरकारको काम कारबाही हेरेर साथ र खबरदारी सगसगै गर्नु पर्ने बताएका छन् । बिहिबार एक कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले सरकारको अनुभूति जनताले गर्न नसकेको कुरा बताउँदै जनताको भावना बमोजिम कार्य गर्नुपर्ने बताए ।

नयाँ बानेश्वोर ब्याङ्कुएटमा नेपाल तरुण दल पुर्व अध्यक्ष विनोद कायस्थले नव मनोनित तरुण दलका केन्द्रिय सदस्यहरुको सम्मानमा आयोजित चियापान कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले तरुण दल अध्यक्षको कुनै गुट नहुने कुरा बताए । उनले सम्पुर्ण केन्द्रिय सदस्यहरुलाई भुकम्प पिडितको कार्यमा जुट्न समेत निर्देशन दिए ।

साथै उक्त कार्यक्रममा पुर्व अध्यक्ष विनोद कायस्थ, संघीय सांसद प्रतिमा गौतम, सुनिल शर्मा, मनोजमणि आचार्य लगायत तरुण दल पदाधिकारीहरुको उपस्थिति रहेको थियाे ।