शनिबार, मंसिर ३० गते ।

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले हेटौंडामा वनभोज तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ । शनिवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ तपोवनधाम स्थित समसामयिक राजनीतिक विषयको अन्तक्रियासहितको वनभोज कार्यक्रमको आयोजना गरिएको हो ।

जिल्लामा पार्टी विस्तार भएपछीको पहिलो पटक आयोजना गरिएको वनभोज तथा परिचयात्मक कार्यक्रममा प्रदेश जिल्ला र वडा तहका गरि करिब ६ सय जनाको सहभागि रहेको जिल्ला सभापति एवम् कार्यक्रमका सभाध्यक्ष भरत पराजुलीले जानकारी दिए ।
प्रदेश जिल्ला र वडा तहका पार्टी पङ्तीमा रहेका व्यक्तिहरुसँग नजिकको सम्बन्ध कायम गराउने तथा देशको समसामयिक राजनितिक घटनाक्रमको बारेमा जानकारी होस भन्ने उद्येश्यका साथ जिल्ला समितिले वनभोजको आयोजना गरिएको पराजुलीले बताए । साथै अबको निर्वाचमा पार्टीले देशै भर विजयी हासिल गर्नु पर्ने आवश्यकता रहेको भन्दै सोहि अनुरुप अहिले देखिनै परिचालन हुन सबै तहका समितिहरुलाई निर्देशन समेत दिएका छन् । आगामी निर्वाचनमा आफ्नो पार्टीले जिल्लाका सबै पालिका तथा क्षेत्रमा विजय हासिल गर्ने उनले बताए ।

बागमती प्रदेश सभापति तथा केन्द्रीय सदस्य अच्युतम लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश महामन्त्री सुरेन्द्र भट्टको विशेष आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा पार्टी बागमती प्रदेश प्रवत्ता उत्सव अर्याल, मकवानपुर जिल्ला सहसंयोजक प्रकाश गौतम, प्रदेश सदस्य सुनिता राई, मकवानपुर क्षेत्र नं. १ सभापति टाकाराज थापा(सुरेश), क्षेत्र नं. २ सभापति संजिव पाठक, क्षेत्र १ उपसभापति जगदिश दहाल लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।