बुधबार, पुष ११ गते ।

मकवानपुर । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले भूकम्प पीडितका लागि ७२ वटा अस्थायी आवास बनाएको छ । भूकम्पले सबैभन्दा बढी प्रभावित जाजरकोटमा तरुण दलले अस्थायी टहरा बनाएको हो ।

भेरी नगरपालिकाको १, ३ र ४ मा तरुण दलले अस्थायी आवास बनाएको हो । अस्थायी आवास निर्माणका लागि तरुण दलका नेता कार्यकर्ता ९ दिन देखि खटिएका थिए । अस्थायी आवास निर्माणका लागि ५० जना भन्दा बढी तरुण दलका नेता कार्यकर्ता खटिएको तरुण दलले जनाएको छ ।

साथै अस्थायी आवास बनाउनका लागि आवश्यक जस्तापाता तरुण दलका तर्फबाट व्यवस्था गरिएको तरुण दलले जनाएको छ । निर्माण कार्यमा आवश्यक औजारका लागि तरुण दलले निर्माण व्यवसायी महासंघसँग समन्वय गरेको थियो ।