सहयोग हस्तान्तरण गर्नुहुदै वडा सभापति सुशील तामाङ ।

आइतबार, पुष १५ गते ।

मकवानपुर । राक्सिराङ्ग गाउँपालिका ४ का निमोनिया संक्रमित बच्चालाई नेपाली काँग्रेस राक्सिराङ्ग ५ का वडा सभापति सुशील तामाङले आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । आमाको गर्भदेखि नै निमोनिया संक्रमित देखिएर चितवन मेडिकल कलेजमा उपचाररत बच्चालाई सुशील तामाङ र मनहरी ७ निवासी हाल साउदी अरेबिया रहेका सुमित प्रजाको टिमले आर्थिक संकलन गरेर सहयोग प्रदान गरेको हो । 

राक्सिराङ्ग ४ स्थायी धर भई हाल मनहरी ७ मा बस्दै आईरहेका अनिल कुमार मोक्तानको बच्चालाई श्वास प्रश्वासमा समस्या भएर पुरानो मेडिकल कलेज भरतपुरमा विगत एक हप्तादेखि उपचार गरिरहेका छन् । पीडित मोक्तानको घरको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाले बच्चाको उपचारमा समस्यादेखिसगै अहिले विभिन्न माध्यममार्फत उनलाई सहयोग जुटिरहेको छ ।

साथै पीडित बच्चाको उपचारमा आर्थिक अभावका कारण समस्या देखिएपछि तामाङ र प्रजाले रकम संकलन गरी सहयोग गरेका हुन् । संकलीत रु २५ हजार ८ सय ८३ रुपैयां नगद पीडितका आफन्तलाई हस्तान्तरण गरेको सभापति सुशील तामाङले बताए । सानो बच्चाको जीवन रक्षाका लागि सहयोगको याचना गरेको खबर सामाजिक संजालहरुमा देखेपछि उपचारमा राहत मिलोस् भन्ने उद्देश्यले रकम संकलन गरि सहयोग गरेको तामाङको भनाई छ ।

सहयोगीहरु यसप्रकार छन् :-