बुधबार, पुस १८ गते ।

मकवानपुर । आगलागीबाट पूर्णरूपमा क्षति ब्यहोरेका तेमाल गाउँपालिका २ फुलडाँडाका आसमान तामाङलाई राहत सामाग्री वितरण गरिएको छ । आगलागीबाट भएको क्षतिको अनुगमन तथा निरीक्षण गरेर आज गाउँपालिका अध्यक्ष चन्द्र बहादुर लामा र वडा न: ३ का वडा अध्यक्ष विष्णु बहादुर तामाङले आगलागी पिडित तामाङलाई राहत सामाग्री वितरण गरेका हुन् ।

५० किलो चामल, १५ किलो दाल, ३ वटा डस्ना, २ वटा सिरक, ३ वटा ब्ल्यान्केट, ४ वटा सिरानी, ५ किलो चिनी, एक बाकस खाने तेल र ४ किलो मसला तामाङलाई वितरण गरेको हो । सोमबार साँझ करिव ६ बजेको समयमा अचानक विद्युत लाईन सर्ट भई तामाङको घर आगलागीबाट पूर्णरूपमा क्षति भएको थियो । घरमा रहेको अन्नपात, लत्ताकपडा एवम् घर पूर्णरूपमा जलेर नष्ट भएको छ । साथै आगलागीको सुचना पाउन साथ पचुवारघाट प्रहरी चौकिका प्रहरी टोलि र स्थानियहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।