शनिबार, पुष २१ गते ।

मकवानपुर । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले गृह प्रशासनसँग स्पष्टीकरण माग गरेको छ ।
सर्लाही बरहथवा नगरपालिकाको घटनामा निर्दोष जयशंकर शाहलाई प्रहरीले गोली हानी मृत्यु भएको घटनाको निन्दा गर्दै अध्यक्ष गुरुङले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

अध्यक्ष गुरुङले दिनदिनै निर्दोष जनतामाथि गोली प्रहार गर्न बन्द गर्नु पर्छ भन्दै गृह प्रशासनसँग स्पष्टीकरण माग गरेका छन् । सर्लाहीको बरहथवा नगरपालिकास्थित नगर अस्पतालको स्तरोन्नति गर्ने वा नगर्ने विषयमा झडप हुँदा हिजो प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागि बरहथवा नगरपालिका ६ का २७ वर्षीय जयशंकर साहको मृत्यु थियो ।

स्थानीय प्रशासनले सर्लाहीको बरहथवा नगरपालिका ५ मा हिजो बेलुका साढे ५ बजेदेखि आज बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । साथै कर्फ्युको आदेश उल्लंघन गर्दै आज बिहानैदेखि बरहथवा बजारमा प्रदर्शन सुरु भएपछि प्रशासनले कर्फ्यूको समय थप २४ घण्टा बढाएको छ ।