शुक्रबार, पुष २७ गते ।

मकवानपुर । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जाजरकोटमा गएको बिनास्कारी भू– कम्पमा परि घरबार बिहिन हुने परिवारलाई तरुण दलले ७२ ओटा अस्थायी टहरा निर्माण गरिदिएको बताएका छन् । तरुण केन्द्रीय सदस्यहरुबाट संकलित रकमले आफूहरुले भूकम्प प्रभावित क्षेत्र उर्जामन्त्री शक्ति बस्नेतको वडामा समेत अस्थायी टहरा निर्माण गरिएको बताएका हुन् ।

आज नेपालगन्जमा आयोजित जाजरकोटको भू–कम्प पिडित सुत्केरी, गर्भवती तथा सिमान्तकृत महिलाहरुलाई पौष्टिक तथा पोषिलो आहारको झोला हस्तान्तरण कार्यक्रममा अतिथिको रुपमा बोल्दै अध्यक्ष गुरुङले यस्तो बताएका हुन् । अध्यक्ष गुरुङले कुनै संघ संस्थाले त्यस ठाउँमा सहयोगको पहल नगरेको कुरा त्यस ठाउँका बासिन्दाले आफुलाई बताएको भन्दै आफुहरुले यो त्यो नभनी अस्थायी टहरा निर्माण गरेको बताए ।