शनिबार, पुष २८ गते ।

मकवानपुर । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले डा. आरजु राणा देउवाले हस्तान्तरण गरेको डिग्निटी कीट जाजरकोट तरुण दललाई आज जिम्मा दिएका छन् । अध्यक्ष गुरुङले जाजरकोट तरुण दललाई उक्त डिग्निटी कीटको झोला हस्तान्तरण गरेका हुन् ।

भूकम्प पीडितको यथार्थ पहिचान गरि सहि ढङ्गले उक्त सामग्री बाँड्न जाजरकोटबाट प्रतिनिधित्व गर्ने तरुण दलका केन्द्रीय सदस्य पुष्प बस्नेत र तरुण नेता रमेश चन्द लगायतको टोलीलाई गुरुङले निर्देशन दिएको हो ।

साथै १८ प्रकारका सामग्री रहेको किट ५०० जनालाई पुग्ने र १५ प्रकारका सामग्री भएको किट ५०० जना महिलालाई पुग्ने जनाइएको छ । सो राहतमा सहयोग गर्ने संस्थाहरूमा सुरक्षित मातृत्व सञ्जाल काठमाडौँ, माननीय डा. आरजु राणा देउवाको सचिवालय, पपुलेसन कनेक्सन अमेरिका, नेपाल स्वास्थ्य तथा फुड इन्डस्ट्री प्रालि मोरङ र हिमालय रि इन्स्योरेन्स प्रालि काठमाडौँ रहेको ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) ले जनाएको छ ।