शनिबार, माघ १३ गते ।

मकवानपुर । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेकोमा नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन । अध्यक्ष गुरुङले निकै रोचक प्रतिस्पर्धा रहेको अन्डर १९ विश्वकप क्रिकेटको समुह चरणको अन्तिम खेलमा अफगानिस्तान माथि नेपाली टोलिले विजय हासिल गरेकोमा सम्पुर्ण खेलाडी, कोच, टिम सदस्य लगायत प्राविधिक टिमलाई समेत हार्दिक बधाई दिएका हुन् ।

बधाई दिने क्रममा अध्यक्ष गुरुङले भनेका छन ’संसार भर क्रीकेटले नेपालको नाम चिनाइ राखेको छ । अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान नेपालमा अति आवस्यक भैसकेको छ । यथाशीघ्र बजेट ब्यवस्थापन गरि गौरवशाली योजना अन्तर्गतको क्रीकेट मैदान निर्माण सम्पन्न गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराउदछु’ ।

पहिलो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपालले ‘सुपर सिक्स’मा स्थान बनाएको हो ।