बुधबार, माघ १७ गते ।

मकवानपुर । धादिङ गोठिभन्ज्याङ आधारभूत विद्यालय बेनिघाट रोराङका १०६ जना चेपाङ विद्यार्थीलाई मंगलबार जाडोबाट बच्नका लागि न्यानो पोसाक वितरण गरिएको छ । मंगलबार १०६ जना चेपाङ विद्यार्थीलाई न्यानो पोसाक वितरण गरिएको हो ।

चिसो बढेसँगै उक्त विद्यायलका चेपाङ परिवारलाई समस्या परेको जानकारी पाएपछि समाजसेवी एवम् नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का महिला नेतृ रेखा तामाङ लोप्चनको पहलमा उक्त पोसाक वितरण गरिएको हो । लोप्चनको पहलमा चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् । साथै न्यानो कपडा वितरण गर्दै उनले सहयोग गर्ने अस्ट्रेलिया निबासी राम थापा लगायत सम्पुर्ण दाताहरुलाई धन्यवाद समेत दिए ।

फोटो फिचर (फोटो सौजन्य:- रेखा तामाङ लोप्चन)