बिहीबार, २४ माघ २५ गते ।

मकवानपुर । सोनाम ल्होछारको अवसरमा मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले ३ दिन बिदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक बिदा दिएको हो । 

चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको उक्त गाउँपालिकामा सांस्कृतिक पर्व मन्जुश्री सम्वत २८६० डुक/मु पुख्री (गरुड वर्ष) सोनाम ल्होछारको अवसरमा माघ २६, २७ र २८ गते तिन दिन सार्वजनिक बिदा दिएको हो । गाउँपालिका भित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले माघ २७ गते माघ शुक्ला प्रतिपदाको दिन हर्षोल्लास पूर्वक मनाउने सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदाय लगायत नेपालीजनहरूमा शुभकामना व्यक्त गरेका छन् ।   

उनले ल्होछार पर्वले वहुभाषिक, वहुधार्मिक, वहुसांस्कृतिक, जातीय विविधतायुक्त राक्सिराङ्गका नागरिकलाई आपसी सदभाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् । 

साथै राक्सिराङ्गले यस अघि पनि क्रिसमसको अवसरमा पनि ३ दिन बिदा दिएको थियो ।