डियर ! ७ वर्षको यात्रा पार गर्नका लागि हामीले धेरै कुराहरुको सामना गर्‍यौ । भनिन्छ नि प्रतीक्षाको फल मीठो हुन्छ भनेर तर ती भन्नेलाई के थाहा प्रतीक्षाको एक एक पल काट्न कति गार्हो भएको हुन्छ भनेर । मलाई पनि यो ७ वर्ष प्रतीक्षा गर्न सहज भने थिएन । तर असहजताको वावजुद पनि निरन्तर एकदिन हामी पनि एक हुनेछौ भन्ने सकारात्मक आशामा प्रतीक्षामा पर्खी बसिरहेकी छु । कति समय त यस्ता पनि आए जुन बेला यो संसारमा आफू बाच्नु पनि व्यर्थ लाग्ने हुन्थ्यो भने कुनै समय तपाईको कल्पनामा डुबेर संसारलाई जितेको होकि भन्ने भावना मनमा उब्जिने गर्थे ।

मायामा सबै कुरा जायज हुने रहेछ । हाम्रो सम्बन्ध पनि यस्तै छ कहिले मनभरी नथाक्ने गरी एक अर्कासग मायाका कुरा गर्छौ त कहिले भो अब छुट्टिउ भन्दै झगडा गर्छौ अनि नबोली बस्छौ । सबैभन्दा रमाइलोपल त्यो बेला लाग्छ जुन बेला नबोले पनि अनलाइन आयो कि आएन, फेसबुकमा केही स्ट्याट्स राख्यो कि राखेन मलाई बोलाउछ कि बोलाउदैन भन्ने सोची अफलाइन बसेर चियोचर्चा गर्न खुब रमाइलो लाग्छ । तर आफू अनलाइन आएर नि नबोलाई गयो भने चै फेरि सानो मुटु झन सानो भैहाल्छ अनि विभिन्न कुरा लेखेर मेसेज गर्‍यौ बस्यो । धेरै झगडा गरेता पनि हामी भित्र रहेको मायालाई फेरि केही समयमा सरि भन्ने शव्दले पुर्ण एकीकृत गरिदिएको हुन्छ । यसरी हाम्रो माया पनि लडदै बडदै आइरहेको छ । दिनप्रती दिन हाम्रो आफ्नो दायित्वसगसगै आफ्नो मायालाई पनि दरिलो र परिपक्क बनाउदै गइरहेका छौ ।

यतिका समयसम्म हामी सम्बन्धमा रहनुलाई मात्र माया भन्न सक्दिन । हामीले गरेको माया साच्चिकै चोखो छ कि झुट भन्ने कुराको निष्कर्ष त त्यति बेला थाहा हुन्छ जब हामी एक अर्काको लागि समस्या पर्दा साच्चिकै समस्या समाधान गर्न एक हुन्छौ र एक अर्कालाइ १०० प्रतिशत विश्वास गर्छौ । हामीले प्रतीक्षा नामको परीक्षा पार गर्न सफल भएका छौ । तर अझै हाम्रो जिवनमा धेरै परिक्षाहरु हामीसगै मिलेर पार गर्नुछ । जसको लागि दुई ज्यान तर एक मन भने हुनु जरुरी छ । जसको लागि विस्वासको ज्यादै ठूलो भुमिका रहनेछ । जिवनमा धेरै त्यस्ता समय आउन सक्छ जहाँ हामीले आँखले देखेको र कानले सुनेको कुरा पनि गलत र वास्तविकता अर्को हुन सक्छ हो यस्तो समयमा आफ्नो विवेकको प्रयोग गरिनु पर्छ । होइन भने यो डाहा गर्ने समाजमा हाम्रो मायामा आँच आउन सक्छ ।

कमि कमजोरी नहुने यो संसारमा को नै होला र ? हो केही कम्जोरी तपाईंमा होलान् केही ममा पनि । तर हामी एक अर्काको कम्जोर पक्षलाई केलाउने भन्दा एक अर्कालाई साथ र सहयोग गर्दै अघि बड्न सके जिवनले सार्थकता पाउन सक्छौ । जसरी आजको दिनसम्म हामीले जे जे गल्ती गरेको भए पनि आगामी दिनमा त्यसले हाम्रो सम्बन्धमा केहि असर नगरोस । मेरो एउटै मात्र सपना भनेको सानो तर हाम्रो परिवार होस् । जहाँ माया ममता होस् । धन भन्दा सबैको ठूलो मन होस् । यहि चाहना छ हामी एक अर्काको लागि साहारा बन्न सकौ । मनको भारी बिसाउन सक्ने चौतारी बन्न सकौ । जति छुच्ची छु त्यती नै माया पनि गर्न जानेको छु । अबको बाँकी जीवन तपाईंसगै जीवन चाहन्छु । धनले नसके पनि मन, वचन र कर्मले हरेक पल साथ दिनेछु ।पर्खी बसेको छु छिट्टै आउनुस् है ! धेरै माया अनि सम्झना । Once Again I love you My Dear.
Happy Valentines Day. Huge Hug For Our 7 Years Journey Of Together.

अनभिज्ञ मान्छे